रसुवामा १३ राउण्ड हवाइ फायरिङ
रसुवा । रसुवा जिल्लामा मौन अवधि शुरु हुनुभन्दा केही समय अगाडि राजनीतिक दलका कार्यकर्ताबीच झडप हुने स्थिति आएपछि प्रहरीले हवाई फायरिङ गरेको छ ।
बिहीबार राति ११ बजे दक्षिणी रसुवाको कालिकास्थान क्षेत्रमा हवाइ फायरिङ भएको हो ।
लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका कार्यकर्ताबीच एकआपसमा भिडन्त हुन थालेपछि १३ राउण्ड हवाइ फायरिङ गरिएको प्रहरीले जनाएको छ ।
अहिले त्यस क्षेत्रको स्थिति सामान्य रहेको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिए ।
मतदातालाई सुरक्षाको प्रत्याभूति दिलाउन थप सुरक्षा गस्तीलाई तीव्रता दिइएको पनि उनले बताए ।
Published : Friday, 2017 November 24, 9:02 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत