व्याकुल माइला गोल्ड कपको उपाधि आयोजक टिमलाई (तस्वीर)
मानेभञ्ज्याङ । ब्याकुल माइला गोल्ड कपको ८औँ संस्करणको उपाधि पुरुषतर्फ आयोजक नयाँ नेपाल सरोकार समाजले कब्जा गरेको छ ।
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ६ स्थित सोक्माटार, वालेमबगरमा सोमबार सम्पन्न फाइनलमा नयाँ नेपालले ज्वालामुखी युवा क्लबलाई हराउँदै उपाधिमा कब्जा गरेको हो । प्रतियोगिता असोज २६ गतेदेखि शुरु भएको थियो ।
महिलातर्फ रुपा स्मृति गोल्ड कपको उपाधि सौजन्य युवा क्लब उंबुको पोल्टामा परेको छ । उपविजेता डीवाइसी दुर्छिम, खोटाङ बन्न सफल भएको छ ।
विजेता र उपविजेतालाई शिल्ड र खेलाडी मेडल प्रदान गरिएको छ ।
नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले खेलको विकास हुन सक्यो भने जिल्लाको पनि विकास हुने बताए । उनले विजेता टिमसहित प्रतियोगितामा सहभागी सबैलाई धन्यावाद र बधाइ दिए ।
‘खेलामा जित हार हुन्छ । जित्नेलाई बधाई छ’, उनले भने, ‘त्यति मात्रै होइन प्रतियोगितामा भाग लिनुभएका सबै खेलाडी र कर्मचारी तथा क्लवहरूलाई विशेष धन्यावाद ।’
खतिवडाले जिल्लाको खेलकुदको विकासका लागि आफूले सक्दो सहयोग र योगदान गर्ने आश्वासन पनि दिएका छन् ।
पुरस्कार वितरण समारोहमा प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवार, नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा, ओखलढुंगाका प्रदेशसभा सदस्य मोहन खड्का, राष्ट्रिय गीतका रचनाकार ब्याकुल माइला लगायतको उपस्थिति रहेको थियो ।
गोल्ड कपमा दिलकर्ण बेष्ट अवार्डको नगद १० हजार रुपियाँ वेष्ट काठमाडौं एफसीलाई प्रदान गरिको छ ।
उत्कृष्ट खेलाडीको उपाधि मानस राईलाई प्रदान गरिएको छ । उदयमान खेलाडीको उपाधि हिलेपानी फुटबल क्लबका क्षितिज राईलाई प्रदान गरिएको छ ।
सर्वाधिक गोलकर्ता सविन केसी (नयाँ नेपाल सरोकार समाज), उत्कृष्ट डिफेन्डर सुमन राई (ज्वालामुखी युवा क्लब), उत्कृष्ट गोल रक्षक जङ्गीबहादुर आले मगर (नयाँ नेपाल सरोकार समाज)लाई प्रदान गरिएको व्याकुल माइला गोल्ड कप समारोह समितिको सहसचिव पविरास राईले जानकारी दिएका छन् ।





बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया