ओलम्पिक कमिटीको चुनाव रोक्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटीको कार्यसमिति चुनाव रोक्न अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश टंक मोक्तानको एकल इजलासले मंगलबार चुनाव रोक्न आदेश दिएको हो ।
कमलबहादुर चित्रकारले उक्त चुनाव रोक्न माग गर्दै आइतबार रिट दिएका थिए । सो रिटमा सर्वोच्च अदालतले सुनुवाई गर्दै यस्तो आदेश गरेको हो ।
सर्वोच्चले चित्रकारको रिटका दुबै पक्षको बहस भदौ २२ गतेलाई बोलाएको छ । तीन दिनपछि हुने भनिएको चुनाव तत्कालका लागि रोक्न भन्दै रिट दिइएको थियो ।
भदौ २२ गतेको बहसपछि अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने निर्णय हुनेछ ।
Published : Tuesday, 2019 September 3, 6:12 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया