पैसा बाँड्ने एमालेका उम्मेदवार नराम्रोसँग फसे, अब नछाड्ने
काठमाडौं । निर्वाचन आयोगले एमालेका तर्फबाट डोटी जिल्लाको प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेमगरलाई २४ घण्टाभित्र स्पष्टीकारण पेश गर्न निर्देशन दिएको छ ।
निर्वाचन आचारसंहिता विपरीत मतदातालाई रकम बाँडेको भन्ने सूचनाका आधारमा आयोगले उम्मेदवारी रद्द किन गर्न नपर्ने हो भनी उम्मेदवार आलेमगरलाई २४ घण्टाभित्र आयोगमा स्पष्टीकरण पेश गर्न निर्देशन दिएको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।
आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता लागू भइरहेका अवस्थामा उम्मेदवारले मतदातालाई रकम बाँडेको विषय निर्वाचन आचारसंहिता विपरीत देखिएको हुँदा उक्त क्रियाकलापमा संलग्न भएबापत निर्वाचन आयोग ऐनअनुसार तपाईंको उम्मेदवारी रद्द किन गर्न नपर्ने हो ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुस् ।’
डोटी जिल्लाका एमालेका नेता तथा प्रतितिधि सभा सदस्य उम्मेदवार आलेले गरिव मतदातालाई कागज गराएर पैसा बाँडेको तस्बिर सामाजिक सञ्जालभरि भाइल बनेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत