कांग्रेसलाई सिद्धाउन खोज्ने एमाले–माओवादी समाप्त हुन्छन्
काठमाडौं । नेपाली कांग्रेसले एमाले–माओवादी वाम गठवन्धनका कारण समाप्त हुने चेतावनी दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसको प्रचार प्रसार समितिले शुक्रबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेता बालकृष्ण खाँडले वाम गठन्धनमा कांग्रेसलाई सिद्धाउने नियत लुकेको दावी गरे । उनले कांग्रेसलाई सिद्धाउन खोज्ने एमाले र माओवादीनै सिद्धिने चेतावनी दिए ।
‘पञ्चायतले कांग्रेस सिध्याउँछु भन्दा कांग्रेस सिद्धिएन, लोकतन्त्र सिद्धिएन, पञ्चायत सिद्धियो । राजाले कांग्रेस सिध्याउँछु भन्दा राजतन्त्र सिद्धियो’, कांग्रेस प्रचार प्रसार समितिका संयोजक समेत रहेका नेता खाँडले भने, ‘एमाले र माओवादीले कांग्रेस सिध्याउँछु, लोकतन्त्रलाई सिध्याउँछु, संसदीय व्यवस्थालाई उल्टाउँछु भन्दा संसदीय व्यवस्था उल्टिन्न, लोकतन्त्र सिद्धिन्न, कांग्रेस सिद्धिन्न, सिद्धिन्ने पालो एमाले र माओवादीको आएको छ ।’
उनले वाम गठवन्धन कांग्रेसका लागि अवसर र चुनौति दुवै भएको बताए । खाँडले भने, ‘हिजो राजतन्त्र समाप्त गर्ने हामीलाई अवसर मिल्यो । आज नेपालका कम्युनिष्टहरू निरंकुश हुने क्रममा अघि बढ्दा उनीहरू समाप्त हुने दिन आइसक्या छ ।’
नेता खाँडले निर्वाचनमा नेपाली जनताको साथ पाउने र कांग्रेसको पूर्ण बहुमत आउने विश्वास व्यक्त गरे । ‘प्रदेशमा पनि हाम्रो बहुमत आउने छ, केन्द्रमा पनि कांग्रेस बहुमत आउँछ’, नेता खाँडले भने, ‘कांग्रेसको प्रधानमन्त्रीत्वमा, सातवटै प्रदेशमा मुख्यमन्त्रीत्वमा निर्वाचनपछि कांग्रेसको सरकार बन्नेछ ।’
वाम गठबन्धनले आफ्नो चुनावी कार्यक्रमलाई तीब्र बनाइरहेका बेला कांग्रेसले पत्रकार सम्मेलन गरेर एमाले–माओवादीले सिद्धिने चेतावनी दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत