आठौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश १ बाट जुडो खेलाडी छनोट

काठमाडौं । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश १ बाट ८ पुरुष र १० महिला गरी १८ खेलाडी छनोट भएका छन् ।

पुरुष ६० केजीमुनि झापाका रमेश मादिहाङ र लुखिराम मर्दी, ६६ केजीमुनि झापाका देवेन्द्रबहादुर दाहाल खत्री र इलामका विवेक कोइराला, ७३ केजीमुनि इलामका पवन राई र रन्जितकुमार यादव, ९० केजीमुनि झापाका मङलु मेचे र १०० केजीमुनि संखुवासभाका यमुनाप्रसाद काफ्ले छनोट भए ।

महिला ४८ केजीमुनि झापाकी स्वस्तिका सुवेदी र मोरङकी सन्ध्या दाहाल, ५२ केजीमुनि झापाकी दिलमाया लिम्बू र सुनसरीकी सुस्मिता कार्की, ५७ केजीमुनि झापाकी श्रेया मगर र सुनसरीकी विद्यादेवी खड्का, ६३ केजीमुनि झापाकी आशा मेचे, ७० केजीमुनि इलामकी दुर्गा भट्टराई, ७८ केजीमुनि इलामकी सुस्मिता खवास र ७८ केजीमाथि मोरङकी गोमा राई छानिए ।

Published : Saturday, 2019 March 16, 10:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया