बक्सर सुशील एएसबीसी इलाईट बक्सिङमा छनोट

काठमाडौं । नेपाल आर्मीका सुशील थापाले एएसबिसी इलाईट महिला तथा पुरुष बक्सिङ प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।

शुक्रबार भएको ४९ केजी तौल समूहको छनोट खेलमा आर्मीका सुशीलले प्रदेश ३ का मदन डंगोललाई अंकका आधारमा ५–० ले हराउँदै छनोट भएका हुन् ।

थाईल्याण्ड बक्सिङ संघको आयोजनामा अप्रिल १६ देखि २६ सम्म बैंककमा संचालन हुन प्रतियोगितामा महिलातर्फ ५१ केजी तौल समूहमा एपीएफकी माला राई र आर्मीकी विमला श्रेष्ठ फाईनलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा एपीएफकी मालाले प्रदेश ५ की विमला थापालाई अंकका अधारमा ५–० ले हराइन् । दोश्रो खेलमा आर्मीकी विमलाले प्रदेश ४ की मीना घलेलाई ५–० ले अंककै आधारमा हराइन् ।

राष्ट्रिय खेलकुद परिषदको सेमी कभर्डहलमा भएको छनोट खेलमा राष्ट्रिय खेलकुद परिषदका सदस्य अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, बक्सिङका भीष्मपितामह सुरेशसिंह आलेलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा महिला ५१ केजी र ६० केजी तथा पुरुष ४९ केजी र ९१ केजीमाथी चार खेलाडीले सहभागिता जनाउने छन् ।

आठौं राष्ट्रिय खेलकुदका लागि प्रादेशिक छनोटमा परेका सातै प्रदेशका खेलाडी तथा तीन विभागीय टिमका खेलाडीलाई उल्लेखित तौल समूहमा छनोट खेलमा सहभागिताका लागि अनुरोध गरिएको नेपाल बक्सिङ संघले जनाएको छ ।

Published : Friday, 2019 March 15, 8:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया