फेसबुकले १२ अर्ब डलरको शेयर बेच्ने
लसएञ्जलस । फेसबुकका संस्थापक मार्क जुकरबर्गले १२ अर्ब डलर जुटाउनका लागि फेसबुकको ठूलो हिस्सा शेयर बेच्ने बताएका छन् । यो फन्ड उनले समाज सेवामा खर्च गर्ने बताएका छन् ।
आगामी १८ महिनामा उनले साढे तीन करोडदेखि साढे सात करोड कित्ता शेयर बेच्ने योजना सार्वजनिक गरेका छन् ।
यो पूँजी उने बालबालिकाको शिक्षा तथा बिभिन्न रोगहरूको उन्मुलनका लागि सामाजिक कार्यमा लगाउन प्रयोग गर्ने बताए ।
डेढ वर्षदेखि फेसबुकको कारोबार एकदमै उत्साहजनक रहेको भन्दै जुकरबर्गले यसको शेयर धेरै नै उपल्लो स्तरमा पुगिसकेको बताए ।
आफ्नो जीवनकालमै उनी फेसबुकको ९९ प्रतिशत शेयरबाट मुक्त भएर समाज सेवामा लाग्ने समेत जुकरबर्गले स्पष्ट पारेका छन् । – एजेन्सी
Published : Tuesday, 2017 October 17, 8:44 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत