थ्री स्टारलाई डेढ करोड क्षतिपूर्ति
काठमाडौं । ‘ए’ डिभिजन क्लब थ्री स्टारलाई डेढ करोड रुपैयाँ क्षतिपूर्ति दिने यसअघिको निर्णयलाई अखिल नेपाल फुटबल संघको विशेष साधारण सभाले पास गरेको छ ।
सोमबार ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न एन्फाको विशेष साधारण सभाबाट थ्री स्टारलाई १ करोड ५० लाख क्षतिपूर्ति दिने निर्णय दुई तिहाई बहुमतले पारित गरेको एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठले बताए ।
क्षतिपूर्ति अन्तरिक श्रोतबाट दिने र बढीमा तीन किस्तामा उपलब्ध गराउने पनि अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यसअघि गत भदौ २९ गते एन्फा अध्यक्ष श्रेष्ठको अध्यक्षतामा बसेको कार्यकारी समितिको बैठकले थ्रीस्टारलाई क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।
एएफसीले आयोजना गर्ने एएफसी कपको पहिलो चरणको छनोट पार गरी थ्री स्टार दोस्रो चरणका लागि छनोट भए पनि एन्फाकै लापरवाहीका कारण छनोट खेल्न नपाएपछि थ्रीस्टारले एन्फासँग ६ करोड क्षतिपूर्ति माग गरेको थियो ।
विभिन्न चरणमा भएको छलफल राखेपका सदस्यसचिव केशवकुमार विष्टको रोहवरमा एन्फा र थ्रीस्टारबीच पछिल्लो पटक भएको सहमतिबाट डेढ करोड मात्र पाउने भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत