न्याय पाउने कहिँ ठाउँ छभनेको त्यो अदालत हो, शाही आयोग खारेज गरेर न्याय दिएको छ : देउवा

मसुरिया । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन समयमा राजाको शासनकालमा आफूलाई जेल हालेको बताउँदै सर्वोच्च अदालतले शाही आयोगलाई नै खारेज गरेर आफूलाई न्याय दिएको स्मरण गरेका छन् ।

नेपाली कांग्रेस १५औं महाधिवेशन अन्तर्गत देउखुरीको पाखापानीमा सोमबार लुम्बिनी कांग्रेसको अधिवेशनलाई सम्बोधन गर्दै देउवाले भने, “पूर्वराजा ज्ञानेन्द्रले गठन गरेर मलाई जेल हालेको थियो । त्यस बेला मेरी श्रीमती आरजु आएर मलाई भेटिन् । राजा ज्ञानेन्द्रको शान छ । के अदालतले हिम्मत गर्ला र ? अदालत राजासँग डराउछ होला । के गर्ला भनेर सोँचेको थिएँ मैले ।”

उनले भने, “तिमीले छोरालाई हेर्नु भनेको थिएँ । त्यस बेला सर्वोच्च अदालतले हिम्मत गरेर शाही आयोगलाई खारेज पनि गर्‍यो । मलाई जेलबाट छुटायो । त्यस बेला अदालतले मलाई न्याय दिएको थियो । अदालतले छोडिदिएको थियो । अहिले मलाई विश्वास छ । त्यस बेला अदालतले मलाई न्याय दिएको थियो भने अहिले त्यो डर हुने कुरै छैन ।”

“न्यायलयमा मलाई विश्वास छ । अदालतले पञ्चायतकालमा समेत संसदलाई नियन्त्रणमा लिन ५ वर्ष जेल हालिसकेको थियो मलाई । अदालतबाट छुटेको हुँ । अदालतमा विश्वास छ, आस्था छ । प्रजातान्त्रिक पद्दतिमा, लोकतान्त्रिक पद्दतिमा कहिँ एउटा ठाउँ छ न्याय पाउने भनेको अदालत हो । सर्वोच्च अदालतबाट हामीले न्याय पाउँछौँ भन्ने विश्वास छ,” देउवाले भनेका छन् ।

Published : Monday, 2026 November 23, 8:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया