सल्यान कांग्रेसको सभापतिमा चन्द सर्वसम्मत निर्वाचित
श्रीनगर । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत सम्पन्न नेपाली कांग्रेस सल्यानको सभापतिमा दीपकजंग चन्द सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिबार सल्यानको श्रीनगरमा सम्पन्न १५औँ जिल्ला अधिवेशनबाट चन्द जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
अधिवेशनबाट उपसभापतिमा यज्ञविक्रम शाह, सचिवमा राजेशकुमार रेग्मी र सहसचिवमा गोपाल चन्द चयन भएका छन् ।
अधिवेशनले महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि तथा जिल्लाका १० वटै पालिकाका सभापतिसमेत चयन गरेको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
Published : Sunday, 2026 November 1, 9:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया