नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन गर्न निर्वाचन समिति गठन

न्युयोर्क । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति संयुक्त राज्य अमेरिकाको अधिवेशनको निर्वाचन समिति गठन भएको छ ।

समितिका संयोजक प्रमोद सिटौलाले सुरज नायकलाई प्रमुख निर्वाचन आयुक्त मनोनीत गरेका छन् । विनोद श्रेष्ठ र सचिता रायमाझी बस्नेतलाई निर्वाचन आयुक्त नियुक्त गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत अमेरिकामा नेपाली जनसम्पर्क समितिको अधिवेशन नोभम्बर १५, २०२६ मा हुन लागेको छ । अधिवेशनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको संयोजक सिटौलाले बताए ।

Published : Saturday, 2026 October 31, 12:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया