नेपाल सम्बत् न्हूदँ बुद्धिचाल बुधबारदेखि हुने
जावलाखेल । न्हूदँ समारोह समिति ११४७ को अवसरमा नेपालभाषा मंकाः खलः यलले पाँचौ संस्करणको राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने जानकारी गराएका छन् ।
बिहीबार मंकाः खलःको सभाहलमा सम्पन्न पत्रकार सम्मेलनमार्फत विभिन्न खेलकुद कार्यक्रम अन्तर्गत कार्तिक १८ र १९ गते बुद्धिचाल, कार्तिक २३ गते राष्ट्रब्यापी खुल्ला १० किलोमिटर दौड प्रतियोगिताका साथै २४ गते ३० किलोमिटर साइकल ¥याली गर्ने जनाए ।
नेपाल सम्बत् प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वा जनताको ऋण मोचन गरि नेपाल सम्बत् थालनी गरेको अवसरमा न्हूदँ समारोह समितिले सम्माननीय प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा न्हूदँ समारोह तथा भिंतुना साँस्कृतिक ¥याली आयोजना हुने सचिव संजय शर्मा राजोपाध्यायले प्रेस विज्ञप्ति वाचन गरि जानकारी गराएका छन् ।
न्हूदँको शुअवसरमा परम्परागत मण्डला लेखन प्रतियोगिता, बृहत् स्वास्थ्य कार्यक्रम, क्याण्डल वाक, दीप प्रज्वलन, शुभकामना आदानप्रदान एवं सांगीतिक साँझको समेत आयोजना गर्ने भएका छन् ।
न्हूदँ ११४७ को अवसर पारेर क्रोध शिरोमणि कालु कुमालेले श्रृजना गरेको क्रोधकृति आवरणमा समेटेर नेपालभाषाको पात्र प्रकाशन, नेपालभाषा वर्णमाला तथा म्हःपूजाको तान्त्रिक विधिलाई समावेश गरेर बुकलेट समेत प्रकाशन गर्ने बताए ।
न्हूदँ समारोह समितिले साताब्यापी कार्यक्रमको जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा सभाध्यक्ष भीमनारायण नकर्मी, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, डा.पुष्पराज राजकर्णिकार समेतले जिज्ञासाको सहजिकरण गरेका थिए ।
पत्रकार सम्मेलनमा नेपालभाषा मंकाः खलः यलको कार्यक्रम संयोजन रहनेबारे अध्यक्ष महेन्द्रलाल महर्जनले जानकारी गराएका थिए ।
महर्जनले ललितपुर वडा नं. १६ को आर्थिक सहयोग तथा सहकार्य रहने बताए ।
ललितपुर महानगरपालिकाका वडा ७ अध्यक्ष कुलबहादुर महर्जन, वडा १६ अध्यक्ष निर्मलरत्न शाक्य, सल्लाहकार किरण शाक्यको उपस्थिति रहेको सम्मेलन मंकाः खलः सचिव राजु ताम्राकारले सञ्चालन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया