नौं सय किलो गाँजासहित ४ जना पक्राउ

इनरूवा । जिल्ला प्रहरी कार्यालय, सुनसरीले ९ सय किलोभन्दा धेरै परिणामको गाँजासहित चार जनालाई पक्राउ गरेको छ ।

इनरूवा नगरपालिका–४ ज्ञानोदय टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९ सय १५ किलो ६ सय ८० ग्रामसहित ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव, ३० वर्षीय आशिष यादव र दुहवी नगरपालिका–१० बस्ने २२ वर्षीय कुन्दन यादव रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले बुलबुल यादवको घर तलासी गर्दा गाँजासहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उक्त स्थानबाट प्र.१–०२–००१ प ९१९९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

Published : Sunday, 2026 October 18, 9:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया