कांग्रेस सहमहामन्त्री खतिवडाद्वारा दशैँका लागि ओखलढुङ्गा कारागारका कैदीबन्दीलाई खसी सहयोग
ओखलढुङ्गा । नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले हरेक वर्षझैँ यस वर्ष पनि बडादशैंको अवसरमा ओखलढुङ्गा कारागारका कैदीबन्दीहरूका लागि खसी उपलब्ध गराएका छन् ।
सहमहामन्त्री खतिवडाले आफ्नो सचिवालयमार्फत् ओखलढुङ्गा कारागाराका कैदीबन्दीहरूका लागि खसी पठाइदिएका हुन् ।
चाडपर्वको समयमा कारागारमा रहेका कैदीबन्दीहरूसँग खुसी साटासाट गर्ने तथा उनीहरूमा आत्मीयता, सद्भाव र मानवीय भावनाको विकास गर्ने उद्देश्यले खतिवडाले हरेक वर्ष पनि खसी सहयोग गरिएको हो ।
खतिवडाको मानवीय तथा सामाजिक सेवाभावले चाडपर्व सबैका लागि खुसी, सद्भाव र आत्मीयता बाँड्ने अवसर हुनुपर्छ भन्ने सन्देश दिएको नेपाली कांग्रेस मानेभञ्ज्याङ गाउँपालिकाका सभापति समेत रहेका सहयोगी हुकुमसिंह राई बताए ।
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया