रुपन्देही कांग्रेसमा पहिलो महिला क्षेत्रीय सभापति सर्वसम्मत निर्वाचित, देउवा पक्षको खुलेर प्रशंसा
बुटवल । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा तुल्सा शर्मा सर्वसम्मत निर्वाचित भएकी छिन् ।
शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको क्षेत्रीय अधिवेशनले सभापतिमा शर्मालाई सर्वसम्मत निर्वाचित गरेको हो । रुपन्देही कांग्रेसले शर्मालाई पहिलो महिला क्षेत्रीय सभापतिका रुपमा पाएको छ ।
रुपन्देही क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा क्षेत्र नं. १ को सभापतिमा डिलबहादुर थापा क्षेत्री र प्रदेश सभा २ को सभापतिमा पदमबहादुर राना सर्बसम्बत निर्बाचित भएका छन् ।
रुपन्देही जस्तो ठूलो जिल्लामा शेरबहादुर देउवा पक्षले महिला नेतृलाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेपछि कांग्रेसका देशभरिका नेता तथा कार्यकर्ताहरूले स्वागत र प्रशंसा गरेका छन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया