कांग्रेस ढोरपाटन नगरको सभापतिमा पाण्डे निर्वाचित, देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति

ढोरपाटन । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत बाग्लुङको ढोरपाटन नगर सभापतिमा शरण पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका नेता एवम् ढोरपाटन नगरपालिकाका नगरप्रमुख धनबहादुर कायत (कल्याण)का अनुसार कांग्रेसको ढोरपाटन नगर समितिका सभापतिमा शरण पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति पनि गठन भएको छ ।

अधिवेशन उद्घाटन गर्नुभन्दा अगाडि झाँकीसहित शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूले नाराबाजी र पञ्चेबाजासहित नगर परिक्रमा गरेका छन् ।

अधिवेशनमा नेपाली कांग्रेस बाग्लुङका सभापति एवम् गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचन सहितका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2026 October 11, 10:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया