काठमाडौं ३ को कांग्रेस क्षेत्रीय सभापतिमा लामा सर्वसम्मत, अनमोल र दयाराम प्रदेश सभापति

काठमाडौं । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ को क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा शनिबार काठमाडौंको जोरपाटीमा सम्पन्न भएको अधिवेशनले क्षेत्रीय सभापतिमा लालबहादुर लामालाई सर्वसम्मत निर्वाचित गरेको छ । अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । अधिवेशनमा कांग्रेस नेता एवम् पूर्वमन्त्री भीमसेनदास प्रधान, सन्तोषी तामाङ, लेखकुमारी पुडासैनी, लीला भट्टराई, शोभामाया पाख्रिन, विमल ठकुरीको पनि उपस्थिति रहेको थियो ।

काठमाडौं ३ को प्रदेशसभा निर्वाचित क्षेत्र नं. १ को सभापति अनमोल श्रेष्ठ र २ को सभापतिमा दयाराम श्रेष्ठ सर्वसम्मत निर्वाचित भएको युवा नेता एवम् महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद नेपालले जानकारी दिएका छन् ।

महाधिवेशन प्रतिनिधिहरूमा सन्तोषी तामाङ, लेखकुमारी पुडासैनी, लीला भट्टराई, शोभामाया पाख्रिन, विमल ठकुरी, कृष्णजी खड्का, शम्भुप्रसाद अधिकारी, साम्देन लामा, दितिल थापा, कृष्णप्रसाद नेपाल सर्वसम्मत निर्वाचित भएका छन् ।

दिनेश अर्याल, कोमलप्रसाद लामिछाने, माधव सुवेदी, प्रल्हाद थापा, सुजन थापा, दिपिका थापा, रुपेश चापागाईं, दुर्गा ढुङ्गेल, कृष्ण शाह, चन्द्रसिंह साउद, झुमा लामा, दीवाकर न्यौपाने, प्रधुम्न खड्का पनि सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

प्रल्हाद दहाल, सीताराम दाहाल, श्रीराम श्रेष्ठ, सागरप्रसाद पुडासैनी, नभराज श्रेष्ठ, भीमसेन ओली, विकास खड्गी, रोदन पण्डित, निराजन नेपाल, दीपेश बोहोरा, इन्दिरा कोइराला, रती लामा पनि महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत भएका छन् ।

महासमिति सदस्यमा लेखकुमारी पुडासैनी, लीला भट्टराई, विमल ठकुरी, कृष्णजी खड्का, शम्भुप्रसाद अधिकारी, दितिल थापा, प्रधुम्न खड्का, झुमा लामा, साम्देन लामा, दीवाकर न्यौपाने, सागरप्रसाद पुडासैनी, चन्द्रसिह साउद र निराजन नेपाल सर्वसम्मत निर्वाचित भएका छन् ।

Published : Sunday, 2026 October 11, 10:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया