सिंहदरबार आगो लगाउनेहरूसँग माफी माग्ने गगन थापा नर्मद, हुतीहारा र नालायक हुन् : नेता बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गगन थापालाई नामर्द, हुतीहारा, नालायक भएको संज्ञा दिएका छन् ।

शनिबार नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत काठमाडौं ४ को क्षेत्रीय अधिवेशनलार्ई सम्बोधन गर्दै नेता बस्नेतले भने, ‘मैले गगन थापाजीलाई नामर्द, हुतीहारा, नालायक पनि भन्छु । सिंहदरबार आगो लगाउनेहरूसँग माफी माग्ने मान्छे को हुन्छ यो देशमा ?’

उनले प्रश्न गर्दै भने, ‘देशका सारा सम्पत्ति खरानी गर्ने मान्छे को हुन्छ, उसँग माफी माग्ने मान्छे को हुन्छ ?’

नेता बस्नेतले कांग्रेस वीपी कोइराला, सुशील कोइरालाले नेतृत्व गरेको पार्टी भएको बताए । ‘यो मर्दहरूको पार्टी हो,’ बस्नेतले भने, ‘खुकुरी खाएको सभापतिलाई अझ कारबाही गर्छु भन्ने ? २४ घण्टामा देश खरानी हुने गरी आन्दोलन हुन्छ ? घटना हो ? त्यो घटनामा उहाँहरू चुइँक्क बोल्न नसक्ने, यो आन्दोलन ठीक हो भन्ने? हामीले गल्ती ग¥यौँ, हामी माफी माग्छौँ भन्ने ?’

नेता बस्नेतले काठमाडौं ४ का जनतालाई विश्वास गरेर गगन थापा सर्लाही ४ मा निर्वाचिन लड्न गएको भन्दै अबका दिनमा काठमाडौं ४ मा निर्वाचन लड्न आएमा हराइनिद अपील गरेका छन् । उनले गगन थापा जस्ता नेताका कारण कापन सधैँ डुब्ने गरेको बताए । उनले आफूले काठमाडौं ४ का जनतालाई साथ दिने पनि बताएका छन् ।

Published : Saturday, 2026 October 10, 11:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया