काठमाडौं ९ को कांग्रेस अधिवेशनमा त्रिचन्द्र क्याम्पसका उपसभापति थापा महाविधेशन प्रतिनिधि निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ९ मा भएको नियमित महाधिवेशन अन्तरगतको क्षेत्रीय अधिवेशनबाट त्रिचन्द्र क्याम्पसका स्ववियु उपसभापति निर्भय थापा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
शेरबहादुर देउवा पक्षीय नियमित महाधिवेशन पक्षधरले विधानमा १८ देखि २८ वर्षका नवयुवालाई महाधिवेशन तथा अन्य निकायमा अनिवार्य समावेश गर्ने व्यवस्था गरेकालकारण नवयुवाको आकर्षण बढेको हो ।
नियमित महाधिवेशन पक्षधरले विधानमा नै ४० वर्ष मुनिका युवाहरूका लागि आरक्षणको व्यवस्था गरेको छ ।
नवयुवा समूहबाट उम्मेदवारी दिएका थापा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । उनको निर्वाचित भएसँगै पार्टीको महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्व थपिएको छ ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया