टुँडीखेलमा बसेर नेतृत्व घोषणा गर्दैमा कांग्रेसमा मान्यता पाइँदैन : नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले टुँडीखेलमा बसेर नेतृत्व घोषणा गर्दैमा मान्यता नपाइने बताएका छन् ।
शनिबार काठमाडौं क्षेत्र नं. ४ को प्रदेश तथा क्षेत्रीय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता सिंहले कार्यकर्तालाई आफ्नो सही बाटो नछाड्न आग्रह गरेका छन् ।
शेरबहादुर देउवा पक्षले आयोजना गर्न लागेको १५औं महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशन भइरहेका छन् ।
नेता सिंहले अहिलेसम्म देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति नै आधिकारिक भएको बताएका छन् । ‘१४औँ महाधिवेशनबाट चयन भएको नेतृत्व नै आधिकारिक रहेको हो,’ उनले भने ।
शेरबहादुर देउवाले राजीनामा नदिँदासम्म कसैले पनि मान्यता नपाउने उनले बताएका छन् । ‘सभापति शेरबहादुर देउवाले राजीनामा नदिएको अवस्थामा कसैले टुँडिखेलमा बसेर नेतृत्व घोषणा गर्दैमा त्यसले मान्यता पाउँदैन,’ सिंहले भने ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया