बागमती कांग्रेसका महामन्त्री श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिबार काठमाडौं क्षेत्र नं. ४ को क्षेत्रीय अधिवेशनबाट महामन्त्री श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

महामन्त्री श्रेष्ठ युवाहरूका बीच लोकप्रिय छन् । नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशनलाई सफल बनाउन महामन्त्री श्रेष्ठ निकै सक्रियतापूर्वक लागेका छन् ।

अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक रुपमा उपस्थिति रहेको थियो ।

Published : Saturday, 2026 October 10, 10:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया