आइतबार दाङ २ मा कांग्रेसको क्षेत्रीय अधिवेशन, देउवा पक्षको भव्य तयारी

घोराही । नेपाली कांग्रेस १५औं महाधिवशन अन्तर्गत दाङ क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन भोलि आइतबार हुन लागेको छ ।

क्षेत्रीय अधिवेशन भोलि आइतबार १२ बजे घोराही उपमहानगरपालिका वडा नं. १५ को भीमसेन मन्दिरमा हुने नेपाली कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय संयोजक खेमराज विश्वकर्माले बताएका छन् ।

अधिवेशनलाई नेपाली कांग्रेस दाङका जिल्ला संयोजक गोपालराज शर्मा लगायतका नेताहरूले सम्बोधन गर्नेछन् । अधिवेशनले क्षेत्रीय कार्यसमितिको सभापति र नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । साथै महाधिवेशन प्रतिनिधिहरू पनि निर्वाचित गर्ने कार्यक्रम रहेको छ ।

क्षेत्रीय अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि र जिल्लास्थित पार्टीका नेता तथा कार्यकर्ताहरूलाई बोलाइएको क्षेत्रीय संयोजक विश्वकर्माले बताए ।

दाङ क्षेत्र नं. २ को सबै वडाहरूमा वडा अधिवेशन र नगर अधिवेशन सम्पन्न भएका छन्् । घोराही नगर अधिवेशनबाट सभापतिमा विक्रमशम्शेर महरा निर्वाचित भएका छन् । सचिवमा बाबुराम पाण्डे निर्वाचित भएका छन् ।

अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहने क्षेत्रीय संयोजक विश्वकर्माले बताए ।

Published : Saturday, 2026 October 10, 9:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया