राजनीतिक र प्रशासनिक संरक्षण लुकेर बसेका रक्तचन्दनका तस्कर बस्नेत १३ वर्षपछि पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटनामा भक्तपुरका नवीनराज बस्नेतलाई पक्राउ गरेको छ ।
सीआइबीले शुक्रबार बेलुका बस्नेतलाई पक्राउ गरेको हो । बस्नेतले राजनीतिक र प्रशासनिक शक्तिको आडमा ठेगना नमिलेको जस्ता काइते हर्कत गरेर उन्मुक्ति पाउँदै आएका थिए । यसअघि ठेगाना नखुलेको भन्दै बस्नेतको मुद्दा तामेलीमा थियो । सोही विषयमा थप अनुसन्धान गर्न बस्नेतलाई पक्राउ गरिएको सआइबीका एआइजी उमा चतुर्वेदीले जानकारी दिए ।
बस्नेतको ठेगाना लगायत विस्तृत विवरण खुलाएर डिभिजन वन कार्यालयमा बुझाउने प्रहरीको तयारी छ । चालक र सहचालकलाई मुद्दा चलाई उनलाई वतन नखुलेको भन्दै त्यसबेला मिलेमतोमै उन्मुक्ति दिइएको थियो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले १८ चैत ०६९ मा गुह्येश्वरीबाट २२६ केजी रक्तचन्दन बरामद गरेको थियो । बा१ख ५७५९ नम्बरको मिनीट्रकमा बालुवाभित्र लुकाएर रक्तचन्दन तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।
रक्तचन्दनसहित बसका चालक सिन्धुलीका भीमबहादुर सुनुवार र सहचालक सर्लाहीका खेमबहादुर सिंह पक्राउ परेका थिए । जिल्ला वन कार्यालयमार्फत सुनुवार सिंह र नवीन बस्नेतविरुद्ध मुद्दा दायर भएकोमा ९ वैशाख ०७० मा जिल्ला अदालतले मुद्दाको फैसला गरिसकेको छ ।
अदालतले गाडीका चालक र सहचालकलाई जनही ६–६ महिना कैद र तीन लाख ६१ हजार ६ सय रुपियाँ जरिवाना सुनाएको थियो । भाडाको गाडी पनि जफत हुने ठहर भएको थियो ।
मुख्य आरोपी मानिएका बस्नेतको भने वतन नखुलेको भन्दै तामेलीमा राखियो । बस्नेतले नै बालुवा ओसार्न भन्दै मिनीट्रक बोलाएर बालुवाभित्र रक्तचन्दन लुकाएर तस्करीको प्रयास गरेको अनुसन्धानमा खुलेको थियो । बस्नेतको स्थायी ठेगाना पत्ता नलागेको भन्दै काठमाडौं महानगरपालिका– १६ बस्ने भनेर अभियोग दर्ता गरिएको थियो ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया