वीपी कोइरालाको गृहनगरमा देउवा पक्षको भव्य अधिवेशन, सभापतिमा गौतम सर्वसम्मत निर्वाचित

विराटनगर । नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशन अन्तर्गत विराटनगर महानगरको अधिवेशन सम्पन्न भएको छ ।

शुक्रबार विराटनगरमा सम्पन्न भएको महानगरको अधिवेशनले महानगरको सभापतिमा रिचर्ड गौतमलाई सर्वसम्मत निर्वाचित गरेको कांग्रेस नेता एवम् पूर्वमुख्यमन्त्री केदार कार्कीले बताएका छन् ।

अधिवेशनबाट महानगर कार्यसमितिको दुई उपसभापतिमा आकाश घिमिरे र कृष्णाकुमारी साह तथा दुई सचिवमा सुवास उप्रेती र मनीषा खनाल लगायतको महानगर कार्यसमिति गठन भएको नेता कार्कीले बताए ।

अधिवेशनमा नेपाली कांग्रेसका नेता एवम् पूर्वमुख्यमन्त्री केदार कार्कीसहितका शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसका लागि विराटनगर ऐतिहासिक शहरमा पर्छ । नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाको गृहनगर विराटनगरमा नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनको पक्षमा ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरू उपस्थित भएर सहभागिता जनाएका छन् ।

तथाकथित विशेष महाधिवेशनको नाममा गगन थापाले नेपाली कांग्रेसलाई भृकुटीमण्डपबाट हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेपछि शेरबहादुर देउवा पक्ष न्यायका लागि सर्वोच्च अदालतमा पुगेको छ । सर्वोच्च अदालतले पनि देउवा पक्षलाई निस्सा दिएको छ ।

नेपाली कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन छ । मुद्दालाई प्रभावित तुल्याउन गगन थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको नाममा काठमाडौंमा महाधिवेशन गरेका छन् । गगनको यो गतिविधलाई न्यायका पक्षमा उभिएको देउवा पक्षले अस्वीकार गरिदिएको छ ।

Published : Friday, 2026 October 9, 8:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया