कांग्रेसको नरहरिनाथ गाउँपालिकाको अधिवेशन सम्पन्न, सभापतिमा मानबहादुर दमाई सर्वसम्मत
नरहरिनाथ । नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशन अन्तर्गत कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ ।
बिहीबार शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहपूर्ण सहभागिता रहेको अधिवेशनले नरहरिनाथ गाउँपालिकाको सभापतिमा मानबहादुर दमाईलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । सभापति दमाईले २७ सदस्यीय कार्यसमिति गठन गरेका छन् ।
कांग्रेसकी युवा नेतृ कमलासिंह शाहीका अनुसार उपसभापतिमा चम्फा बुढा र जुनिता विष्ट, सचिवमा शेरबाहदुर विष्ट र कोषाध्यक्षमा केशरबहादुर विष्ट निर्वाचित भएका छन् ।
नरहरिनाथ गाउँपालिकाको सबै वडाहरूको वडा अधिवेशन सम्पन्न भएपछि पालिका अधिवेशन गरिएको छ । अधिवेशनमा स्थानीय नेता तथा कार्यकर्ताहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया