कांग्रेस विभाजन गर्न अदृश्य शक्तिको इसारामा विशेष महाधिवेशन गराइयो : नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अदृश्य शक्तिको इसारामा पार्टीलाई विभाजन गराउन तथाकथित विशेष महाधिवेशन गराइएको बताएका छन् ।
बिहीबार नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशन अन्तर्गत काठमाडौं महानगर अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता सिंहले अदृष्य शक्तिको उक्साहटमा विशेष महाधिवेशन गरेर कांग्रेसलाई बिभाजनतिर लगेको बताएका हुन् ।
‘यो कांग्रेसको मागमा यो भएको होइन । कोही व्यक्ति विशेषको महत्वाकांक्षा र केही अदृश्य शक्ति, राष्ट्रियता र प्रजातन्त्रलाई कमजोर पार्ने शक्तिहरूको इन्ट्रेस्टमा कांग्रेस विभाजन गर्नका लागि विशेष महाधिवेशन गरिएको हो,’ नेता सिंहले भने ।
विशेष महाधिवेशन गर्नेहरूलाई गल्ती गरेकाहरू भन्दै नेता सिंहले उनीहरूको पछि नलाग्न नेता तथा कार्यकर्ताहरूसँग आग्रह गरेका छन् ।
नेता सिंहले भने, ‘गल्ती गरेकाहरूको साथ दिएर अझ बलियो बनाउन पछिपछि लाग्ने कि, होइन, यसमा ठिक भएको छैन भनेर हाम्रा नेताले देखाएको बाटोअनुसार बेठिकलाई बेठिक र ठीकलाई भनेर आफू लडेर शतप्रयास गर्ने ?’
त्यही शतप्रयासअनुसार आफूले नियमित महाधिवेशन गरिरहेको नेता सिंहले बताएका छन् । उनले कांग्रेस कमजोर हुँदा राष्ट्रियता नै कमजोर हुनेभन्दै अदृष्य शक्तिको पछाडि नलाग्न आग्रह गरेका छन् ।
शेरबहादुर देउवाको नेतृत्व र केन्द्रीय कार्यसमितिले विधान र नियम अनुसार नै आवश्यक र निर्णयहरू गर्दै अगाडि बढ्ने नेता सिंहले बताएका छन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया