कांग्रेसमा खुलातर्फको केन्द्रीय सदस्य उम्मेदवार बन्ने सभापति बानियाँबाट औपचारिक घोषणा
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँले खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौंको थापाथलीस्थित बानेश्वर हिल्समा मंगलबार बिहान आयोजित बागमती प्रदेशस्तरीय अन्तरसंवादको क्रममा बानियाँले खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारीको औपचारिक घोषणा गरेका हुन् ।
पदाधिकारीहरुमा आकांक्षीहरुको संख्या अत्यधिक रहेको चर्चा गर्दै उनले अहिले पार्टीभित्र एकता अपरिहार्य रहेको र सबैलाई व्यवस्था गर्नु चुनौतीपूर्ण देखिएकाले आफूले केन्द्रीय सदस्य उम्मेदबार घोषणा गरेको बताए ।
‘नेपाली कांग्रेसलाई सुदृढ र एकताबद्ध बनाएर लैजानुपर्ने अहिलेको आवश्यक हो । यो पार्टीलाई भिडको पार्टी बन्न दिनु हुँदैन । यो त बिपी कोइरालाले अघि सारेको विचार बोकेको पार्टी हो,’ उनले भने, ‘त्यसकारण अहिले सदस्य लडेरे व्यवस्थापनमा सहयोग गर्दैछु । हामी सबैले परस्पर सहयोगको भावना राखेर पार्टीलाई बचाएर अघि बढ्न जरुरी छ ।’
अन्तरसंवादमा बागमती प्रदेशअन्तर्गतका १३ जिल्लाका पार्टी सभापति, क्षेत्र, नगर र पालिका सभापतिहरु तथा अन्य महाधिवेशन प्रतिनिधिहरुसँग सहभागी थिए ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया