बदलिएको २.० कांग्रेसको व्यवस्थाले उम्मेदवार बन्न इच्छक सयौँ नेताहरूलाई ठूलो झट्का

काठमाडौं । भृकुटीमण्डपको तथाकथित विशेष महाधिवेशनबाट हाइज्याक भएको नेपाली कांग्रेसले आफ्नो महाधिवेशनमा विभिन्न व्यवस्था गरेपछि उम्मेदवार बन्न इच्छुक सयौँ नेताहरूलाई धक्का लागेको छ ।

शनिबार प्रेस विज्ञप्ति जारी गरेर नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले १५औँ महाधिवेशनमा उम्मेदवार बनेपछि केन्द्र, प्रदेश तथा जिल्ला वा अन्य पदहरूमा उम्मेदवार बन्न नपाइने जनाएका छन् । केन्द्रीय सदस्य वा पदाधिकारीमा उम्मेदवार बनेर विजयी हुने या पराजित भएका उम्मेदवारहरूलाई एक कार्यकाल (सो अवधिभरि) अन्य पदमा उम्मेदवार बन्न नपाउने मगरले बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) मा पार्टीको कुनै तहको अधिवेशनमा प्रतिस्पर्धा गरेको व्यक्ति सोही अबधिमा सोभन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि कार्यसमितिको पदमा उम्मेदवार हुन नपाउने व्यबस्था रहेको छ । अतः आसन्न १५औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्ति यस पश्चात हुने प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने व्यहोरा पुनः स्मरण गराइएको छ ।’

पदेश महाधिवेशन प्रतिनिधिहरूले पनि उम्मेदवार बन्न पाउने छैन । यो व्यवस्थाले प्रदेश महाधिवेशन प्रतिनिधिहरूलाई कांग्रेसको केन्द्रीय कार्यसमितिमा जाने बाटो बन्द भएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पदेन महाधिवेशन प्रतिनिधि र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाबाट आएका पदेन प्रतिनिधि महाधिवेशनमा केन्द्रीय कार्यसमितिमा उम्मेदवार बन्न नपाउने वैधानिक व्यबस्था रहेको स्पष्ट गरिन्छ ।’

बदलिएको २.० कांग्रेसले उम्मेदवार बन्न इच्छुक उम्मेदवारहरूलाई बाटो बन्द गर्न यो व्यवस्था गरिदिएको छ । केन्द्रीय कार्यसमितिको पदाधिकारी वा सदस्य पदमा पराजित हुँदा त्योभन्दा अन्य पदमा उम्मेदवार बन्न पाइनेछैन । यसले गर्दा उम्मेदवार बन्न इच्छुक रहेका नेताहरूलाई झट्का लागेको छ ।

भ्रातृ तथा शुभेच्छुक संस्थाका पदने महाधिवेशन प्रतिनिधिहरूलाई पनि झट्का लागेको छ । उनीहरू उम्मेदवार बन्न पाउने छैनन् ।

Published : Saturday, 2026 October 3, 6:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया