आयरल्यान्डका सभापति वलीद्वारा कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्य पदका लागि नेपाली जनसम्पर्क समिति आयरल्यान्डका सभापति अंकित वलीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
वलीले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने जनाएका हुन् । महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसभित्र नेतृत्व, संगठनको पुनर्संरचना, युवा सहभागिता, वैचारिक पुनर्जागरण तथा बदलिँदो समयअनुकूल पार्टीलाई अघि बढाउने विषयमा बहस तीव्र बनेको बेला वलीले उम्मेदवारी घोषणा गरेका छन् ।
वलीले प्रवासमा रहेका नेपालीलाई केवल रेमिट्यान्स पठाउने समुदायका रूपमा मात्र हेर्ने दृष्टिकोणभन्दा माथि उठेर उनीहरूसँग रहेको ज्ञान, सीप, प्रविधि, लगानी, अन्तर्राष्ट्रिय अनुभव, सम्बन्ध र सामाजिक पूँजीलाई नेपालको विकाससँग जोड्नुपर्ने धारणा अघि सारेका छन् ।
यही परिवेशमा वलीले युरोप तथा विश्वभर रहेका नेपाली समुदायको अनुभव, आवश्यकता र सम्भावनालाई नेपाली कांग्रेसको नीति निर्माण तथा नेपालको विकाससँग थप संस्थागत रूपमा जोड्ने विषयलाई आफ्नो उम्मेदवारीको प्रमुख आधारका रूपमा अघि सारेका छन् ।
नेपाल विद्यार्थी संघको इकाई सभापतिबाट राजनीतिक यात्रा सुरु गरेका वलीले नेपालमा विद्यार्थी राजनीति, सामाजिक तथा वैचारिक अभियानमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
सन् २०१७ मा आयरल्यान्ड पुगेपछि उनी नेपाली समुदायसँग निरन्तर जोडिँदै विभिन्न सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय रहँदै आएका छन् । पछिल्लो समय उनले नेपाली जनसम्पर्क समिति आयरल्यान्डको सभापतिको जिम्मेवारी सम्हाल्दै संगठन तथा समुदायबीचको सहकार्यमा काम गर्दै आएका छन् ।
वलीले प्रवासमा रहेका नेपालीलाई केवल रेमिट्यान्स पठाउने समुदायका रूपमा मात्र हेर्ने दृष्टिकोणभन्दा माथि उठेर उनीहरूसँग रहेको ज्ञान, सीप, प्रविधि, लगानी, अन्तर्राष्ट्रिय अनुभव, सम्बन्ध र सामाजिक पूँजीलाई नेपालको विकाससँग जोड्नुपर्ने धारणा अघि सारेका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन असोज १८ गते काठमाडौंको खुलामञ्चमा हुने तय भएको छ । पार्टीको आधिकारिक सूचनाअनुसार उद्घाटन समारोह दिउँसो २ बजे आयोजना हुनेछ ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया