सिद्धलेकका श्रेष्ठलाई सीआइबीद्वारा सामाखुसीबाट पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जबरजस्ती करणी मुद्दा १८ वर्ष कैद सजाय ठहर भई भदौ २४ को जेनजी आन्दोलनका बेला जेल फोडेर फरार भएका बर्ष ३८ का गणेश श्रेष्ठलाई पक्राउ गरेको छ ।
श्रेष्ठले कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा २०८१ माघ १८ गतेदेखि कैद भुक्तान गरिरहेका थिए ।
धादिङको सिद्धलेक गाँउपालिका वडा नं. ३ स्थायी ठेगाना भएका श्रेष्ठ २०८२ भदौ २४ गते जेनजी आन्दोलनको क्रममा कारागार कार्यालय जगन्नाथदेवल, सुन्धाराबाट फरार भएका थिए ।
काठमाडौं उपत्यकाको विभिन्न स्थानमा लुकीछिपी रहेको भन्ने बिशेष सूचनाको आधारमा यस सीआईबीबाट खटिएको प्रहरी टोलीले असोज १६ गते काठमाडौंको सामाखुसीबाट पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ गरेपछि सीआईबीले श्रेष्ठलाई कारागार कार्यालय सुन्धारा पेश गरेको जनाएको छ ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया