अमेरिकाद्वारा ब्याट्रीबाट चल्ने विद्युतीय जहाजको सफलतापूर्वक उडान
न्यूयोर्क । अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले ब्याट्रीबाट सञ्चालित विद्युतीय विमान ‘एक्स–वान’ले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।
ब्याट्रीबाट सञ्चालित विमानलाई स्विडेनी मूलका अमेरिकी एरोस्पेस कम्पनी ‘हार्ट एरोस्पेस’ले निर्माण गरेको हो । विमानले न्युयोर्कको आकाशमा २७ मिनेटसम्म ब्याट्रीको ऊर्जाबाट मात्रै उडान भरेर अवतरण गराइएको छ ।
अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) को विशेष परीक्षण प्रमाणपत्र पाएपछि न्यूयोर्कस्थित प्ल्याट्सबर्ग अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमानले १ हजार १ सय फिटको उचाइँ तय गरेको छ ।
३० सिट क्षमताको व्यावसायिक विमानको आकारमा बनेको करीब ११ हजार ३४० किलो तौल भएको विमानमा परीक्षणका क्रममा पाइलट मात्र सवार थिए ।
१०६ फिट लामो पखेटा र ७६ फिट लम्बाइ भएको यो विमानले उडानका क्रममा १ मेगावाटभन्दा बढी विद्युतीय ऊर्जा खपत गरेको छ ।
विश्वबजारमा हवाई इन्धनको मूल्य आकासिएर प्रतिग्यालन ३.५० डलर पुगेका बेला भएको परीक्षण उडानमा जम्मा ५ डलर बराबरको बिजुली मात्र खर्च भएको कम्पनीले जनाएको छ ।
कम्पनीले विमानलाई सन् २०३१ सम्ममा व्यावसायिक रूपमा बजारमा ल्याउने तयारी गरेको छ । ३० सिटे ‘ईएस–३०’ हाइब्रिड–विद्युतीय विमानको प्राविधिक परीक्षणका रूपमा प्रयोग गरेको छ ।
एक्स–वान ब्याट्रीबाट मात्र करिब १२५ माइलसम्म उड्न सक्छ भने हाइब्रिड इन्जिन (रेन्ज एक्सटेन्डर)को सहयोगमा यसको क्षमता ५०० माइलसम्म पुग्नेछ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया