आर्सनलद्वारा १८औँ पटक कम्युनिटी शिल्डको उपाधि कब्जा
लण्डन । आर्सनलले म्यानचेस्टर सिटीलाई पराजित गर्दै सन् २०२६ को कम्युनिटी शिल्डको उपाधि जितेको छ ।
आइतबार राति यूरोपमा सम्पन्न खेलमा आर्सनलले म्यानचेस्टर सिटीलाई ३–० गोल अन्तरले पराजित गरेको गर्दै च्याम्पियन बनेको हो ।
आर्सनलले खेलको २३ सेकेन्डमै अग्रता बनाएको थियो । माइलेस लुइस स्केलीको पासमा रिकार्डो कालाफियोरीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।
आर्सनलले २८औँ मिनेटमा अग्रता दोब्बर बनायो । नयाँ खेलाडी क्रिस्टोस जोलिसले मार्टिन ओडेगार्डको क्रसलाई गोलतर्फ फर्काएपछि काइ हाभट्र्जले हेडमार्फत गोल गरेका थिए ।
कार्डिफस्थित प्रिन्सिपालिटी रंगशालामा सम्पन्न खेलको दोस्रो हाफ सुरु भएको तीन मिनेटमै आर्सनलले तेस्रो गोल ग¥यो । म्यानचेस्टर सिटीविरुद्धको जितसँगै आर्सनलले चार महिनाभित्र दोस्रो उपाधि जितेको छ । यो आर्सनलको समग्रमा १८औँ कम्युनिटी शिल्ड उपाधि हो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया