प्रसाईं रिहा, गृहमन्त्री रोहिङ्ग्या भित्र्याउने संस्थाको सदस्य, दाउद र आईएसआईको नेटवर्क भत्काउने
काठमाडौं । भक्तपुर जिल्ला अदालतले मेडिकल व्यवसायी एवम् समाजसेवी दुर्गा प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप्न अस्वीकार गरेपछि रिहा भएका छन् ।
सोमबार न्यायाधीश नवराज दाहालको इजलासले सरकारी वकिलको कार्यालय, भक्तपुरले मागेको म्याद दिन अस्वीकार गरेको छ । समाजसेवी प्रसाईंलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न सकिने अदालतले आदेश दिएको छ ।
अदालतको आदेशमा वादी (नेपाल सरकार) पक्षबाट प्रतिवादी प्रसाईंलाई हिरासतमा नराख्दा उनले ‘प्रमाण नष्ट गर्ने’ वा ‘भागी जान सक्ने’ भन्ने विषयमा कुनै ठोस आधार पेश हुन नसकेको उल्लेख छ ।
प्रहरीले पेश गरेको साढे ७ मिनेटको भिडियो सामग्री र प्रहरी प्रतिवेदनका आधारमा यदि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसूर देखिएको हो भने सोही प्रमाणका आधारमा अभियोग पत्र पेश गर्न सकिने अवस्था रहेको आदेशमा उल्लेख छ । यसका लागि प्रसाईलाई थुनामै राख्नु अनिवार्य नदेखिएको न्यायाधीशले बताएका छन् ।
समाजसेवी प्रसाईंमाथि लागेको आरोप (गुम्बाभित्र हतियार छ भन्ने र जातजातिलाई भड्काउने अभिव्यक्ति) का सन्दर्भमा प्रसाईंले ती कुरा बोलेको अवस्थामा पनि प्रमाण संकलन गरी अनुसन्धान अगाडि बढाउन सकिने र उनलाई थुनामै राख्नुपर्ने अवस्था नदेखिएको अदालतले जनाएको छ ।
यसैबीच, अदालतको आदेशपछि सोमबार साँझ रिहा भएका मेडिकल व्यवसायी एवम् समाजसेवी प्रसाईंले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘तपाईहरूको दाउद इब्राहिमको सञ्जाल, आईएसआईको सञ्जाल छ । छिटै हामी च्यात्छौँ । दुर्गा प्रसाईं झुक्दैन । दुर्गा प्रसाईं बरु चुडिन्छ । झुक्दैन ।’
उनले भने, ‘सिंहदरबार भनेको जनताको मन हो । जनताको मनमा आगो लागेको छ । जनताको शिर हो । जनताको शिरमा आगो लागेको छ । सर्वोच्च अदालत भनेको जनतालाई न्याय दिने ठाउँ हो । त्यसमा आगो लागेको छ । विश्व सम्पदा सूचीमा रहेकालाई आगो लगाएर खरानी बनाएर आएकालाई नेपाली जनताले देश जिम्मा लगाएका छन् ।’
प्रसाईंले भने, ‘आज आएर रोहिङ्ग्या भित्र्याउने संस्थाको ब्राक भन्ने संस्था छ । रोहिङ्ग्याहरूलाई पालन पोषण गर्छ । मुसलमानहरूलाई । नेपाली मुसलमानहरूले गरेको होइन यो । रोहिङ्ग्या मुसलमानहरूलाई पालन पोषण गरेर भारत र नेपालमा भित्र्याउने जनु संस्था छ ब्राक भन्ने संस्था त्यसको मेम्बर आज हाम्रो गृहमन्त्री हुनुहुन्छ । हामीले आरोप लगायौँ । प्रमाण देखायौँ । तपाईले होइन भनेर पुष्टि गर्नुसन । हामीलाई थुन्नुभन्दा । मैले आसिफ शाहलाई पनि भन्न चाहन्छु ।’
‘सम्पूर्ण नेपालीले बुझ्नु पर्छ । रोहिङ्ग्या भित्र्याउने संस्था ब्राफ हो । ब्राफको मेम्बर भनेर सुधनजीले भनिदिनुस् त । तपाईले हामीलाई पक्राउ गर्नुभन्दा,’ प्रसाईंले भने ।
‘हामीसँग हिन्दुको विषयमा किन वार्ता गर्नु भएन ? सबै आफ्ना नक्कली मान्छे खडा गरेर रास्वपाका भोटरहरू खडा गरेर हिन्दु संगठन बनाएर । हिन्दूवादी बनाएर नक्कली काम गर्नुभयो,’ प्रसाईंले भने, ‘यसमा हामीलाई भित्त बुझेको छैन । मधेशमा जातीय दङ्गा फैलाउने काम हामीले गरेको होइन । मधेशमा जातीय दङ्गा फैलाउने काम बालेन सरकारले हो ।’
समाजसेवदी प्रसाईंले भने, ‘सरकारको आलोचना गर्न पाउने अधिकार लोकतन्त्रको हो । लोकतन्त्र भनेको बिचारको बजार हो । तपाईहरूले मलाई जति पटक थुन्नु हुन्छ थुन्नुस् । सत्य भनेको जेलमा जन्मिन्छ । भगवान कृष्ण पनि जेलमा जन्मिनुभएको थियो । दुर्गा प्रसाईं पनि सत्य हो । जेलमा जन्मिएको छ ।’
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया