डा.कोइरालाले कहिल्यै लोभ गरेनन्, गगनलाई अर्जुनको ज्वाइँ भएकै कारण आदर्श ठान्नेहरू सत्ता प्राप्तिका भोका हुन्
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाविरुद्ध गगन थापा समूहले साइबर आक्रमण शुरु गरेका छन् ।
प्रतिनिधि सभाको निर्वाचनका बेला पार्टीभित्र बृहत एकता गरेर १५औँ महाधिवेशनमा जाने बेला गगनले भृकुटीमण्डपमा भेला गरेर नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गराए । गगनले कानूनी मान्यता पाए पनि पार्टीका लाखौँ कार्यकर्ता तथा नेताहरूबाट भने मान्यता पाएका छैनन् ।
राष्ट्र, राष्ट्रियता र लोकतन्त्रका लागि जीवनभरि संघर्ष गरेका सयौँ नेताहरूलाई गगनले कांग्रेसमा रहनै नदिने गरेर गतिविधि गरिरहेका छन् । कांग्रेसमा सम्मानका साथ बस्न चाने नेताहरूलाई गगनले अध्यावधि लगायतका विभिन्न झमेला झिकेर बस्नै दिन चाहेका छैनन् । गगनलाई कांग्रेस हाइज्याक गर्न जुन शक्त वा तत्वले साथ दिइरहेको छ त्यो तत्वले नेपाली कांग्रेसलाई झन् कमजोर र समाप्त पार्ने उद्देश्यका साथ लागेको छ ।
राष्ट्र, राष्ट्रियता, लोकन्त्र र नेपाली कांग्रेसको रक्षाका लागि वीपी कोइरालाका पुत्र डा.शशांक कोइरालासहितका शीर्ष नेताहरूले बृहत एकताका लागि दवावहरू सिर्जना गरिरहेका छन् । तर, गगनले आफ्ना साइबर सेना र आफू निकटका तथा लगानी रहेका केही सञ्चारमाध्यमबाट डा.कोइरालासहितका नेताहरूविरुद्ध साइबर हमला गराएर चरित्रहत्याका गतिविधिहरू गरिरहेका छन् । समय सधैँ गगनका लागि एकनास हुँदैन र रहँदैन । समय परिवर्तनशील छ । आजको समय गगनका लागि उपयुक्त होला । गगनलाई हेक्का रहोस् भोलिका दिनमा आजको समय एकनासको रहने छैन ।
शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेसलाई बिभाजन गर्न खोजेका छैनन् । उनीहरूले सर्वोच्च अदालतको फैसलालाई मानेर पार्टीभित्र बृहत एकता चाहेका छन् । देउवा पक्षीय नेताहरू चाहेको बृहत एकता गगनसँग लतारिएर आत्मसमर्पण गर्न पनि खोजेका छैनन् ।
आत्मसम्मानका साथ पार्टीभित्र देउवा समूहले बृहत एकता खोजेको छ । नेपाली कांग्रेसलाई बृहत एकताका साथ लैजाने हो भने देउवा पक्षीय नेताहरूको धेरै ठूलो माग पनि छैन । देउवा समूहले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गरेकाहरूलाई महाधिवेशनमा भाग लिन दिने वातावरण बनाइदिने भनेका छन् ।
१४औँ महाधिवेशन र भृकुटीमण्डप भेला अर्थात् कथित विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई मिसाएर १५औँ महाधिवेशन आयोजक समिति बनाउन भनिएको छ । र, विभिन्न समितिमा देउवा पक्षीय नेताहरूलाई पनि समावेश गर्न भनिएका छन् । सबै समितिहरूमा गगनकै बहुमत राख्न पनि देउवा पक्षीय नेताहरूको सुझाव छ ।
देउवा पक्षीय नेताहरूले डा.कोइरालाको संयोजकत्वमा साउन २९, ३० र ३१ गते राष्ट्रिय भेलाको आह्वान गरेका छन् । भेलाको तयारी भइरहेका बेला गगनका साइबर सेनाबाट बिभिन्न लाञ्छनाहरू लगाएर चरित्रहत्याका कार्य भइरहेका छन् ।
गगन समूहलाई स्मरण रहनुपर्छ । वीपी कोइरालाका पुत्र डा.शशांक कोइरालालाई उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय दिएर मन्त्री बन्न बिगतमा पटक पटक प्रस्ताव आएका थिए । यो कुरा गगनलाई जानकारी छ ।
बरु मन्त्री बन्नकै लागि गगनका ससुरा अर्जुन नरसिंह के.सी.ले पञ्चायतकालदेखि अहिलेसम्म पनि हतार गरिरहेका छन् । बहुदल आएपछि गगन पनि मन्त्री बन्न हतार गरे । कांग्रेसलाई धरासयी बनाएर हाइज्याक गरे । डा.शशांक कोइराला कहिल्यै पनि मन्त्री बन्न हतार गरेनन् । सभापति बन्न गगनले जस्तो निच हर्कत गरेनन् । कांग्रेसमा बृहत एकताका निरन्तर लागेका छन् ।
वरिष्ठ पत्रकार बिन्दुकान्त घिमिरले नेपाली कांग्रेस सत्ता प्राप्तिका लागि मात्रै गठित समूह होइन भनेका छन् । घिमिरेले भनेका छन्, ‘वंशजका आधारमा सत्ता हस्तान्तरण हुने निरङ्कुश व्यवस्थाका विरुद्ध नेपाली कांग्रेसको स्थापना भएको हो ।’
‘नेपाली कांग्रेस भनेको अग्रगमनको आन्दोलन हो । संघर्ष र त्यागको मूल्याङ्कन नगरी अग्रगमनको आन्दोलनलाई मुख्य लक्ष्य बनाएको पार्टी कहिल्यै अघि बढ्न सक्दैन,’ घिमिरेले भने, ‘पार्टीभित्र संघर्ष र त्यागको मूल्याङ्कन हुनैपर्छ । राजनीतिमा मान्छे कि त सत्ताका लागि लाग्छ, कि त संघर्ष र त्यागको मूल्यका लागि ।’
‘त्यसैले मन्त्री बन्नका लागि पञ्चायतकालमा अर्जुननरसिंह के.सी.ले हतार गरे, बहुदल आएपछि गगन थापाले हतार गरे ।’
‘तर, डा.शशांक कोइरालाले मन्त्री पदलाई तृण बराबर पनि ठानेनन् । उपप्रधानमन्त्री पदका लागि त कति पटक अफर आयो कति ! त्यागी डा.शशांक कोइरालालाई वीपीको छोरा भएकै कारण आलोचना गर्ने । तर, पदलोलुप गगन थापालाई अर्जुननरसिंह के.सी.को ज्वाइँ भएकै कारण आदर्श ठान्नेहरू केवल सत्ता प्राप्तिका भोका हुन् ।’
‘यिनीहरूलाई लोकतन्त्र नहुँदा पनि सत्तामा जान पाए पुग्छ । हिजो पञ्चायतकालमा पनि गएकै हुन्,’ वरिष्ठ पत्रकार घिमिरेले भने, ‘हिजो पञ्चायतकालमा पनि सत्ताकै वरिपरि घुम्नेहरू आज पनि उत्तिकै सक्रिय छन् ।’
घिमिरले भने, ‘विनोद चौधरीदेखि उमेश श्रेष्ठसम्मका हजारौं अवसरवादीहरूको हालिमुहाली रहेको यही कित्ताले चुनाव र कुर्सी त पाउला तर, यसले लोकतन्त्रको सुरक्षा र जगेर्ना कहिल्यै गर्न सक्दैन । यिनीहरूको विगत र वर्तमानका हर्कत छर्लङ्ग छन् ।’
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया