आफ्नै देशका बालबालिकामाथि गोली चलाउनेहरूलाई कारबाही हुनैपर्छ : पूर्वमन्त्री यादव
काठमाडौं । पूर्वमन्त्री समेत रहेका जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेता राजकिशोर यादवले सिरहा लगायतका जिल्लामा नेपाली सेना र प्रहरीले बालबालिकामाथि गोली चलाउँदा मृत्यु भएको भन्दै आक्रोश पोखेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत नेता यादवले राष्ट्रिय सम्पदा र धरोहरहरू जलिरहँदा मुकदर्शक बनेर बसेको सेना र प्रहरी मधेशमा झरेर बालबालिकामाथि गोली बर्षाएको बताए ।
पूर्वमन्त्री यादवले भने, ‘नेपालको सीमा मिचिँदा मौन बस्ने, काठमाडौंका राष्ट्रिय सम्पदा र धरोहरहरू जलिरहँदा मुकदर्शक भएर रमिता हेर्ने सेना–प्रहरी आज कुन नैतिकता र कसको आदेशमा मधेशका १४/१५ वर्षका अबोध बालबालिकाहरूमाथि गोली बर्साउँदैछन् । यो राज्यद्वारा गरिएको हत्या हो ।’
‘आदेश दिने र आदेश पालना गर्ने दुवै पक्ष उस्तै आपराधिक मानसिकताबाट ग्रसित छन्,’ यादवले भने, ‘आफ्नै देशका बालबालिकामाथि गोली चलाउने यस्ता हत्याराहरूलाई हदैसम्मको कानूनी कारबाही हुनैपर्छ ।’
‘अहिले घटनालाई अझै उत्तेजित बनाएर मूल मुद्दालाई ओझेलमा पार्ने ठूलो षड्यन्त्र भइरहेको छ,’ उनले भने, ‘यस्ता अपराधी र तिनका षड्यन्त्रहरूलाई समयमै चिनौँ । न्यायको पक्षमा र यो अपराधिक मानसिकताका विरुद्ध हामी सबै एकजुट बनौँ ।’
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया