सुनसरी घटनाको छानबिन र दोषीलाई कारबाहीको माग गर्दै तरुण दलले शुक्रबार प्रदर्शन गर्ने
काठमाडौं । दिल लामा संयोजक रहेको नेपाल तरुण दलले सुनसरीको देवानगञ्ज घटनाको निष्पक्ष छानबिन, दोषीलाई कारबाही लगायतका माग राखेर प्रदर्शन गर्न लागेको छ ।
शुक्रबार साउन १५ गते अपरान्ह साढे ५ बजे तरुण दलले काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पस अगाडि बृहत मसाल जुलुस प्रदर्शन गर्न लागिएको तरुण दलका संयोजक लामाले बताएका छन् । उनले मसाल जुलुसमा सहभागी हुन तरुणहरूलाई अपील गरेका छन् ।
शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेस निकटको नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले सुनसरी घटनाको छानबिन, दोषीमाथि कानूनी कारबाही र सरकारको भूमिकाप्रति असन्तुष्टि व्यक्त प्रदर्शन गर्न लागेको छ ।
नेपाली कांग्रेसलाई गगन थापाले भृकुटीमण्डप भेलाबाट हाइज्याक गरेपछि पार्टीभित्र बृहत एकताका लागि दवाव सिर्जना गर्न तरुण, विद्यार्थीका साथै कांग्रेसका नेताहरूले समानान्तर गतिविधि गर्दै आएका छन् । देउवा पक्षीय नेताहरूले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय समेत स्थापना गरेका छन् ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया