घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुन्छ, सर्वदलीय बैठक पनि बस्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताएका छन् ।
बिहीबार प्रधानमन्त्री शाहले भिडियो सन्देश जारी गरेर भने, ‘घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानूनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ ।’
‘म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ,’ शाहले भने । ‘घटनामा संलग्न दोषी जो–कोही भए पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ,’ शाहले भनेका छन् ।
उनले भने, ‘अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ ।’
‘परिस्थिति सामान्यीकरण गर्न केन्द्रस्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छभने स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ,’ प्रधानमन्त्री शाहले भने ।
सुनसरीमा दुई धार्मिक समूहबीच भएको झडपमा ओमप्रकाश मेहताको मृत्यु भएपछि तराईका जिल्लाहरूमा तनाबको स्थिति उत्पन्न भएको थियो । घटनामा ३ जनाको मृत्यु भएको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया