गणेश यादवको मृत्युपछि सिरहामा झन् उग्र प्रदर्शन, प्रदर्शनकारीले एबी मललाई जलाइदिए
लहान । सुनसरीको घटनापछि भएका प्रदर्शनहरूमा सरकारी पक्षबाट बल प्रयोग भएपछि सिरहामा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका छन् ।
बिहीबार सिरहामा प्रदर्शनले चर्को रुप लिन थालेपछि अहिले अवस्था तनावग्रस्त बनेको छ । सिरहाका विभिन्न ठाउँमा प्रशासनले कर्फ्यू आदेश पनि जारी गरेको छ ।
सिरहाको गोलबजारमा रहेको सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मललाई प्रदर्शनकारीले जलाइदिएका छन् । प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
बिहीबार बिहानैबाट सिरहामा दुई समूहबीच शुरु भएको झडप उग्र बन्दै गएको हो । प्रशासनले सिरहाका विभिन्न स्थानमा दिउँसोबाटै कर्फ्यु लगाएको छ ।
प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर गणेश यादवको मृत्यु भएपछि अवस्था झनै तनावग्रस्त बन्न पुगेको स्थानीयले बताएका छन् । अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । अहिले पनि आगजनी र प्रदर्शनको क्रम भने रोकिएको छैन ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया