शुद्धोधनका उपाध्यक्ष र कर्मचारीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रसाद चौधरी (कुर्मी) र गाँउपालिकाकै कम्प्युटर अपरेटर सुरेश कहाँरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बिहीबार अख्तियारले दुवैजनालाई पाँच लाख रुपियाँ घुस लिएको आरोपमा मुद्दा दायर गरेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । गाउँपालिका उपाध्यक्ष कुर्मीको खातामा अपरेटर कहाँरको खाताबाट पाँच लाख रुपियाँ ट्रान्सफर भएको थियो ।
गाउँपालिकाले न्यायिक असमानताविरुद्ध उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको थियो । सो कार्यक्रमका लागि भुक्तान भएको ६ लाख रुपियाँमध्ये पाँच लाख रुपियाँ उपाध्यक्ष चौधरीको खातामा गएको र त्यो भ्रष्टाचारको रकम भएको अख्तियारले जनाएको छ ।
Published : Thursday, 2026 July 30, 7:39 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया