नागरिकप्रति प्रहरीको दायित्वमा अझ संवेदनशील भएका छौँ : आईजीपी कार्की
जनकपुर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय, धनुषाको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवनहरूको उद्घाटन गरेका छन् ।
शनिबार आयोजित कार्यक्रममा आईजीपी कार्कीले नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गरेका छन् । कार्कीले भवन निर्माण कार्यमा सहयोग पु¥याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गरेका छन् ।
नवनिर्मित भवनले महिला बालबालिका तथा ज्येष्ठ नागरिकप्रतिको प्रहरीको दायित्वलाई अझ प्रभावकारी, संवेदनशील र परिणाममुखी ढंगले निर्वाह गर्न महत्वपूर्ण आधार प्रदान गरेको उल्लेख गरेका छन् । आगामी दिनमा यस केन्द्रले सहज, सुरक्षित र सम्मानजनक पहुँच स्थापित गरी पीडितमैत्री, पीडित केन्द्रीत, व्यवसायिक एवम् प्रविधिमैत्री सेवा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरू अत्यन्त संवेदनशील तथा जोखिममा रहेको वर्ग भएको उल्लेख गर्दै उनीहरूविरूद्ध हुने अपराधको न्यूनीकरण गरेर न्यायको पहुँचको सुनिश्चितता गर्नु सबै सरोकारवाला निकायको दायित्व भएको कार्कीले बताए ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओमप्रसाद अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गरेका छन् । कुल ३ करोड ९९ लाख ७६ हजार ५ सय ३ रूपियाँ १६ पैसाको लागतमा उक्त भवनहरूको निर्माण कार्य सम्पन्न भएको हो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया