लायन्स क्लव अफ् काठमाडौं, टेम्पल मञ्जुश्री शाखाद्वारा दाङका शर्मालाई ह्वील चेयर प्रदान
काठमाडौं । लायन्स क्लव अफ् काठमाडौं, टेम्पल मञ्जुश्री शाखाले दाङको देउखुरी उपत्यका निवासी केदार शर्मालाई ह्वील चयर निःशुल्क प्रदान गरेको छ ।
राजपुर गाउँपालिका वडा नं. २ शर्मालाई सोमबार काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा ह्वील चेयर प्रदान गरिएको हो । ह्वील चेयर प्राप्त गरेपछि अपाङ्गता भएका शर्माले लायन्स क्लव अफ् काठमाडौं, टेम्पल मञ्जुश्री शाखा र पदाधिकारी तथा कर्मचारीहरुलाई धन्यवाद दिएका छन् ।
शर्माले निःशुल्क ह्वील चेयर पाएपछि मानवताले फेरि जितेको छ । एउटा अपील, केही संवेदनशील मनहरू र एक असहाय व्यक्तिको जीवनमा फर्किएको नयाँ आशा समाजमा अझै पनि मानवताको भावना जीवित छभन्ने उदाहरण अपाङ्गता भएका शर्माको जीवनमा आएको परिवर्तनले पुनः प्रमाणित गरेको छ ।
शर्मा विगत लामो समयदेखि कम्मरभन्दा मुनिको भाग नचल्ने समस्याबाट पीडित छन् । उनले प्रयोग गर्दै आएको ह्विलचेयर पूर्ण रूपमा जीर्ण भइसकेको थियो । कपडाले बाँधेर चलाउनुपर्ने बाध्यता, कमजोर आर्थिक अवस्था र नयाँ ह्विलचेयर किन्ने कुनै सम्भावना नहुँदा शर्माको दैनिक जीवन अत्यन्तै कष्टकर बन्दै गएको थियो ।
यही पीडादायी अवस्थालाई समाजसेवी एवम् व्यवसायी प्रकाशकुमार श्रेष्ठले आफ्नो मानवीय संवेदनशीलतासहित सार्वजनिक गर्दै सहयोगको अपील गरे । त्यो अपील केवल समाचार बनेर सीमित भएन, सहयोगी मनहरूलाई जोड्ने माध्यम बन्यो ।
शर्माको समस्याको जानकारी प्राप्त हुनासाथ समाजसेवी एवम् व्यवसायी प्रकाशकुमार श्रेष्ठले लायन्स क्लवमा आबद्ध सदस्य तथा पदाधिकारीहरु सहभागी सामाजिक सञ्जालको ग्रुपमा राखिदिएका थिए ।
लायन्स क्लव अफ् काठमाडौं, टेम्पल मञ्जुश्री शाखाले सूचना प्राप्त गर्नेवित्तिकै शर्मालाई निःशुल्क ह्वील चेयर प्रदान गरेको हो ।
लायन्स सुलोचना मानन्धरले उक्त ह्विलचेयर सुरक्षित रूपमा काठमाडौंबाट दाङसम्म पठाउने व्यवस्थापन गरेकी थिइन् । यसरी सबैको सामूहिक प्रयासले अपाङ्गता भएका शर्माले समयमै नयाँ ह्विलचेयर प्राप्त गर्न सफल भएका छन् ।
एउटा ह्विलचेयरले केवल यात्रा गर्ने साधन मात्र दिएको छैन, यसले एक असहाय व्यक्तिलाई आत्मसम्मान, स्वतन्त्र रूपमा हिँडडुल गर्ने अवसर र जीवनप्रतिको नयाँ आशा दिएको छ ।
यो अभियानले फेरि एकपटक देखाएको छ—सहयोग गर्न ठूलो सम्पत्ति होइन, ठूलो मन चाहिन्छ । कसैले पीडा देखाए, कसैले आवाज उठाए, कसैले सूचना फैलाए, कसैले स्रोत जुटाए र कसैले गन्तव्यसम्म पु¥याए । यिनै साना–साना योगदानहरू मिलेर ठूलो परिवर्तन सम्भव भयो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया