वीपी स्मृति दिवस मनाउन देउवा पक्षीय नेताहरुद्वारा सिंहको नेतृत्वमा समिति गठन

काठमाडौं । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसका नेताहरुले वीपी स्मृति दिवस भव्यताका साथ मनाउनका लागि नेता प्रकाशमान सिंहको नेतृत्वमो समिति बनाएका छन् ।

साउन ६ गते वीपी स्मृति दिवसको कार्यक्रम छुट्टै गर्न नेता सिंहको संयोजकत्वमा छुट्टै समिति बनाइएको हो । आइतबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गरेर नेता सिंहको संयोजकत्वमा समिति बनाइएको जानकारी दिइएको छ ।

कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक वीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा देउवा समूहले साउन ६ गते काठमाडौंको प्रज्ञा भवनमा विशेष विचार गोष्ठी आयोजना गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा गठित आयोजक समितिले वीपी स्मृति दिवस भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी शुरु गरिसकेको पत्रकार सम्मेलनमा प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी दिएका छन् ।

Published : Monday, 2026 July 20, 8:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया