आईजीपी कार्की स्वदेश फिर्ता
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की स्वदेश फर्किएका छन् ।
संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा असार २३ देखि २४ गतेसम्म संचालन भएको पाँचौं संयुक्त राष्ट्रसंघ प्रहरी प्रमुखहरूको सम्मेलनमा नेपालको तर्फबाट सहभागी भई आईजीपी कार्की बुधबार स्वदेश फर्किएका हुन् । आईजीपी कार्कीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षकहरूले स्वागत गरेका छन् ।
समिटको दौरानमा नेपालको तर्फबाट कार्की र सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संयुक्त राष्ट्रसंघ तथा मित्रराष्ट्रहरूका विभिन्न उच्चपदस्थ अधिकारीहरूसँग द्विपक्षीय भेटघाट गरेका छन् ।
समिटमा सहभागी हुन प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल गत असार २१ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया