भारतको सहयोगमा सोलुखुम्बुमा गुम्बा भवनको शिलान्यास
काठमाडौं । सोलुखुम्बु जिल्लाको लिखु पिके गाउँपालिकामा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बाको निर्माणका लागि शिलान्यास गरिएको छ ।
लिखु पिके गाउँपालिकाका अध्यक्ष श्रीमती मीना कार्की बस्नेत र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजयकुमार सिंहले संयुक्त रुपमा गम्बाको भवनको शिलान्यास गरेका हुन् ।
भारत सरकारको आर्थिक सहयोग करिब नेरु. ३.३ करोड लागतमा यस गुम्बा भवनको निर्माण हुँदैछ । यो उच्च प्रभाव सामुदायिक विकास परियोजना सोलुखुम्बुको लिखु पिके गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ र यो नेपालको सोलुखुम्बु जिल्लाको छैटौँ उच्च प्रभाव सामुदायिक विकास परियोजना रहेको भारतीय राजदूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सोलुखुम्बुको लिखु पिके गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरेका छन् । उनीहरूले नयाँ पूर्वाधारले सोलुखुम्बुको लिखु पिके गाउँपालिकाको समृद्ध साँस्कृतिक सम्पदाको संरक्षण गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गरेका छन् ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गरेको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया