पूर्वअर्थमन्त्री पौडेललाई हिरासतमा राख्न अनुमति
काठमाडौं । विशेष अदालत, काठमाडौंले एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
मंगलबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई पहिलो पटकका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ परेका एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री पौडेललाई सात दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएपछि अनुसन्धानका लागि सहज भएको छ ।
करोडौँको संदिग्ध आर्थिक कारोबार र सम्पत्तिको स्रोत नखुलेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरेको थियो । पक्राउ परेका बिचौलिया दीपक भट्टसँग पूर्वअर्थमन्त्री पौडेलको सम्बन्ध देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया