एमालेको जनसंगठनहरूको भेला, राष्ट्रिय सभामा हुने कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने
काठमाडौं । एमालेका नेता स्व.मदन भण्डारीको ७५औँ जन्मजयन्तीलाई भव्य रूपमा मनाउने उद्देश्यसहित एमालेनिकट २४ वटा जनसंगठनहरूले तयारी गरेका छन् ।
सोमबार काठमाडौंमा भेला गरेर जनसंगठनहरूले असार १४ गते देशभर विविध कार्यक्रमका साथ जन्मजयन्तीलाई व्यापक रूपमा मनाउने निर्णय गरेका छन् ।
जनसंगठन समन्वय संयन्त्रका संयोजक विशाल भट्टराईको अध्यक्षतामा सम्पन्न भेलामा नेताहरूले यस वर्षको जन्मजयन्तीलाई रचनात्मक, वैचारिक तथा संगठनात्मक अभियानका रूपमा अघि बढाउने विषयमा छलफल भएको छ ।
सहभागी प्रतिनिधिहरूले कार्यक्रमलाई सफल बनाउन सबै जनसंगठनहरूलाई सक्रिय रूपमा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पूर्वराष्ट्रपति विद्या भण्डारीको समेत उपस्थिति रहेको भेलामा एमालेका सचिव भानुभक्त ढकालले स्व.मदन भण्डारीको जन्मजयन्तीलाई केवल औपचारिकतामा सीमित नराखी रचनात्मक कार्यक्रममार्फत देशभर मनाउन अपील गरेका छन् ।
एमालेका २४ वटा जनसंगठनहरूले देशभर कार्यक्रम सञ्चालन गरी स्व.मदन भण्डारीका विचारलाई जनस्तरसम्म पु¥याउन सचिव ढकालले आग्रह गरेका छन् ।
भेलामा मदन भण्डारी फाउन्डेसनका सचिव भेषराज अधिकारीले यस वर्ष जन्मजयन्तीलाई विशेष राजनीतिक तथा वैचारिक कार्यक्रमका रूपमा मनाउने तयारी गरिएको जानकारी दिए । उनका अनुसार असार १४ गते काठमाडौंमा हुने मुख्य समारोहमा मदन भण्डारीको योगदानबारे विशेष विमर्श गरिनेछ ।
काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा आयोजना हुने मुख्य समारोहमा नेपालको कम्युनिस्ट आन्दोलन र स्व.मदन भण्डारीको राजनीतिक योगदानबारे विस्तृत छलफल हुने कार्यक्रम तय गरिएको छ ।
कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौंमा फाउन्डेसनले असार १४ गते आयोजना गर्ने मुख्य कार्यक्रमलाई सबै जनसंगठनहरूले सहयोग गर्ने निर्णय पनि भेलाले गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया