भारत निकासी हुन लागेको अफिम ब्यूरोद्वारा बरामद, २ महिला पक्राउ
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वले बर्दियामा लागुऔषध अफिमसहित दुईजना महिला पक्राउ परेको छ ।
१५ किलो ३४० ग्राम अफिमसहित दुईजना महिलालाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता समेत रहेका एसपी दुर्गाराज रेग्मीद्वारा आइतबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
आइतबार बाँसगढी नगरपालिका– ३ मा अफिमको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा नेपालगञ्जस्थित ब्यूरोले छापामारेको थियो । पक्राउ पर्नेमा बर्दियाको बढैयाताल गाउँपालिका ४ की ३० वर्षीया सन्ध्या घर्ती र बाँसगढी नगरपालिका– ३ की ४२ वर्षीया मीना रोकाय रहेको एसपी रेग्मले बताएका छन् ।
पक्राउ परेका महिलाहरूको साथबाट अफिमका साथै दुई थान मोबाइल र ३४ हजार रुपियाँ नगदसमेत फेला परेको छ । पक्राउ परेकी घर्ती र रोकायलाई नियन्त्रणमा लिएर ब्यूरोले आवश्यक छानबिन गरिरहेको जनाएको छ । अफिम भारततर्फ निकासी हुन लागेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया