गगन दाई तपाईभन्दा चार गुणा लोकप्रिय शक्ति आइसके, सीके राउतको संस्करण नबन्नुस् : युवा नेता थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता मनीषजंग थापाले गगनकुमार थापाभन्दा चार गुणा लोकप्रिय शक्ति र नेताहरू झण्डै दुईतिहाइको बहुमतसहित सत्तामा रहेको भन्दै सीके राउतको नयाँ संस्करण नबन्न सुझाव दिएका छन् ।

नेविसंघका नेता समेत रहेका युवा नेता थापाले शेरबहादुर देउवालाई गाली गरेर नेता बनेको गगनभन्दा चार गुणा लोकप्रिय शक्तिहरू झण्डै दुईतिहाइ जनमतसहित सत्तामा पुगिसकेको बताए । उनले गगनका अभिव्यक्ति र भाषणहरूमा अब ताली आउन कम भइसकेको बताए ।

प्रश्न गर्दै कांग्रेसका युवा नेता थापाले आइतबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हामीले विद्रोह ग¥यौं, हामीले कांग्रेस बदल्यौं भनेर निर्वाचनमा जाँदा जनताले हामीलाई पत्तासाफ बनाइदिए र आज हामी निकै सानो संख्यामा खुम्चिन पुगेका छौं । तर, पनि अझै पपुलिज्मकै पक्षमा उभिन छोड्नुभएको छैन, गगन दाइ ?’

‘हिजो नेतृत्व र शेरबहादुर दाइलाई गाली गर्दा ताली आउँथ्यो तर, ती दिन अब गए । किनकि तपाईंभन्दा चार गुणा बढी पपुलिष्ट शक्तिहरू झन्डै दुईतिहाइ जनसमर्थनसहित उदाइसकेका छन्,’ नेता थापाले भने ।

‘तिनका सभामा गएर शेरबहादुर दाइलाई गाली गर्नुभयो भने ताली त आउला तर, ताली बजाउनेहरूको भोट भने आउँदैन, यो बुझ्नुपर्छ,’ नेता थापाले भने, ‘अब यथार्थमा उभिने बेला आएको छ । सीके राउतको अर्को संस्करणझैँ बोल्न कांग्रेसलाई शोभा दिँदैन ।’

रास्वपाको भरतपुरमा प्रथम महाधिवेशनको उद्घाटनसत्र सम्पन्न भएको छ । उद्घाटनसत्रमा गगन थापालाई पनि रास्वपाले बोलाएको थियो । निकै हतास र कमजोर अवस्थामा उपस्थित भएका गगनलाई रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले महत्व दिएनन् । साधारण व्यक्तिलाई जस्तै गगनलाई व्यहावर भएको थियो ।

कांग्रेसलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएका गगनले रास्वपाको उद्घाटनसत्रमा शेरबहादुर देउवालाई गाली गर्न समेत भ्याएका छन् । गगनले देउवाको नाम त लिएनन् । तर, घुमाउरो भाषामा देउवाको आलोचना भने गर्न भ्याएका छन् ।

Published : Sunday, 2026 June 21, 10:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया