भारतका लागि नेपाली राजदूत डा.शर्माको दिल्लीमा विदाइ, विदेश सचिव मिश्रीसँग भेट

काठमाडौं । भारतका परराष्ट्र सचिव विक्रम मिश्रीसँग नेपालका राजदूत डा.शंकरप्रसाद शर्माले विदाइ भेट गरेका छन् ।

शुक्रबार नयाँ दिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा परराष्ट्र सचिव मिश्रीसँग राजदूत डा.शर्माले भेट गरेका हुन् । विदाइ भेटका क्रममा मिश्री र डा.शर्माबीच नेपाल–भारतबीचको सम्बन्धका विषयमा कुराकानी भएको थियो ।

नेपालसँगको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउने भारतको प्रतिबद्धता पुनः व्यक्त भारतीय विदेश सचिव मिश्रीले यस प्रयासमा राजदूत डा.शर्माले पु¥याएको योगदानप्रति धन्यवाद ज्ञापन गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

झण्डै दुईतिहाइको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारले भारतका लागि नेपाली राजदूत डा.शर्मासहित विभिन्न मुलुकका राजदूतहरूलाई फिर्ता बोलाएको छ । डा.शर्मा अब नेपाल फर्किने छन् ।

डा.शर्मा भारतका लागि नेपाली राजदूत रहँदासम्म नेपाल र भारतको सम्बन्धमा कुटनीतिक सम्बन्ध सुमधुर बनाउन विशेष भूमिका खेलेका थिए ।

Published : Saturday, 2026 May 2, 1:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया